+

पुनरागमन जितसहित आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

२०८१ माघ  ३ गते ७:४२ २०८१ माघ ३ गते ७:४२
पुनरागमन जितसहित आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

३ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा आर्सनलले पुनरागमन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले टोटनहामलाई २-१ गोलअन्तरले हराएको हो ।

आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले एक गोल गरे भने एक गोल आत्मघाती भएको थियो । त्यसअघि टोटनहामका लागि सन ह्‍युङ मिनले गोल गरेका थिए ।

सनले २५औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा डोमिनिक सोलान्केको नाममा आत्मघाती गोलमार्फत आर्सनल बराबरीमा फर्कियो ।

त्यसको चार मिनेटपछि ट्रोसार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमै अगाडि ल्याए । दोस्रो हाफमा थप गोल भएनन् र आर्सनल ३ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो ।

आर्सनलको २१ खेलबाट ४३ अंक भएको छ । एक खेल कम खेलेको लिग लिडर लिभरपुलको ४७ अंक छ । पराजित टोटनहाम २४ अंकसहित १३औं स्थानमाा छ ।

गएराति नै भएका अन्य खेलमा न्युकासलले वुल्भ्सलाई ३-० ले हराउँदा एस्टन भिल्लाले एभर्टनलाई १-० ले हरायो । क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई २-० ले हरायो ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय