+
+

जासुसी उपन्यास लेखक श्रीधर खनाल दीर्घबाहुको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ९:५७
Photo Credit : @brazeshk/twitter

३ माघ, काठमाडौं । जासुसी उपन्यासकार भनेर चिनिने पत्रकार तथा लेखक श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ ।

उनको आज बिहान ९४ वर्षको उमेरमा निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिएका छन् ।

उनको २०२२ सालमा ‘शब्दभेदी लडाइँ’ उपन्यास प्रकाशित भएको थियो । त्यसपछि उनले इन्स्पेक्टर खरेल सिरिजमा ‘मुर्कट्टा लास’, ‘छऔंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ उपन्यास लेखेका छन् ।

यसैगरी डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घन्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नांगिएकी सुन्दरी’ पनि लेखेका छन् ।

साथै राम महर्जन सिरिजमा ‘हङकङको व्यापारी’, ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’ नामक जासुसी उपन्यास पनि उनैले लेखेका हुन् ।

नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका उनी त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य समेत भएका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?