+
+

सैफलाई चक्कु आक्रमण गर्ने व्यक्ति कसरी घरभित्र छिरे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते ११:५७

बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार राती करिब साढे दुई बजे मुम्बई खारस्थित उनको घरमा चक्कु आक्रमण भयो । सैफको घाँटी, पिठ्यु, हात र टाउकोमा चोट छ । उनलाई राती तीन बजे मुम्बईकै लीलावती अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको शल्यक्रिया भएको छ ।

लीलावती अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. नीरज उत्तमानीका अनुसार सैफको शरीरमा ६ वटा चोट छ । त्यसमध्ये दुई चोट गहिरो छ । एउटा चोट मेरुदण्डको हड्डी नजिक छ ।

आक्रमणकारी किन घरमा छिरेको थियो ?

आक्रमणकारी सैफ अली खानको घरभित्र कसरी वा किन छिरेको थियो ? अहिलेसम्म कारण स्पष्ट भएको छैन । यहाँ दुईथरी अनुमान गरिएको छ ।

एक, चोरीको नियतले घरभित्र छिरेको थियो । सैफका तर्फबाट आएको आधिकारिक बयान अनुसार उक्त व्यक्तिले घरमा चोरीको प्रयास गरेका थिए ।

दुई, प्रहरीका अनुसार गए रात एक व्यक्ति सैफको सोही घरमा प्रवेश गरे र घरेलु कामदारसँग विवाद गर्न थाले । जब अभिनेता खानले ती व्यक्तिलाई सम्झाउन खोजे तब ती व्यक्ति रिसाएर अन्धधुन्ध चक्कु प्रहार गर्न थाले ।

यहाँ प्रश्न के उठ्छ भने उच्च सुरक्षा सर्तकता अपनाइएको घरभित्र बाहिरी व्यक्ति कसरी प्रवेश गर्न सक्छ । हरक्षण सुरक्षा घेराभित्र रहने घरभित्र ती व्यक्ति कहाँबाट, कसरी छिरे ? त्यती मात्र होइन त्यहाँ घरेलु कामदासँग झगडा गरेर, अभिनेतामाथि आक्रमण गरेर सो व्यक्ति भाग्न पनि सफल भए । कसरी ?

घरेलु कामदारसँग सो व्यक्तिको कसरी भेट भयो ? कुन विषयमा उनीहरुबीच विवाद भयो ? के उनीहरु दुबै आपसमा परिचित थिए ?

अर्को प्रश्न के पनि उठ्छ भने, सैफलाई आक्रमण गरिरहँदा उनका परिवार कहाँ थियो ? करिष्मा कपूरले घटना हुनुभन्दा ९ घण्टा अगाडि इन्टाग्राममा एउटा फोटो पोस्ट गरेकी थिइन् । त्यसमा सैफ पत्नी करिना, साथी रिया र सोनम कपुर पार्टी गरिरहेका देखिन्थे । दिदी करिष्माको यो पोस्टलाई करिनाले आफ्नो एकाउन्टमा रि–पोस्ट गरेकी थिइन् ।

सैफ र करिना दुई छोरासँगै मुम्बईको बान्द्रास्थित सतगुरु शरण अपार्टमेन्टमा बस्छन् । सैफकी साथी एवं चर्चित इन्टेरियर डिजाइनर दर्शिनी शाहले यसको डिजाइन गरेका थिए । पुरानो घरमा जस्तै नयाँ घरमा पनि सैफको पुस्ताकलय, आर्टवर्क, स्विमिङ पुल आदि थियो । राजशी छाँटको यस अपार्टमेन्ट सेतो र खैरो रंगमा सजाइएको छ । त्यहाा बच्चाका लागि नर्सरी र एक थिएटर पनि छ ।

२०२३ मा शाहरुखको घरमा पनि छिरेका थिए अज्ञात व्यक्ति

२ मार्च २०२३ मा शाहरुख खानको बंगाला ‘मन्नत’मा पनि दुई युवा ढोका फोरेर प्रवेश गरेका थिए । उनीहरु तेस्रो तलासम्म पुगेका थिए । यद्यपि सुरक्षाकर्मीले उनीहरुलाई तत्काल प्रक्राउ गरेर प्रहरीको जिम्मा लगाएको थियो । ती दुबैको उमेर २१ र २५ बर्षको थियो । दुबै गुजरातमा बस्ने युवाहरु थिए । प्रहरी अनुसन्धानमा उनीहरुले ‘केवल शाहरुखलाई भेट्नका लागि त्यहाँ छिरेको’ बताएका थिए । सो घटना भएको बेला शाहरुख घरमा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?