+

नेपाली पुरूष टिम खो खो विश्‍वकपको क्‍वाटरफाइनलमा

२०८१ माघ  ३ गते १२:३९ २०८१ माघ ३ गते १२:३९
नेपाली पुरूष टिम खो खो विश्‍वकपको क्‍वाटरफाइनलमा

३ माघ, काठमाडौं । नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्‍वाटरफाइनलमा पुग्ने पक्का भएको हो ।

समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८-८ अंकको अन्तरले हराएको हो । त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले हराएको थियो ।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । अब भुटानले भारतसँग खेल्न बाँकी छ । उक्त खेलपछि दुईमध्ये एक टोली क्‍वाटरफाइनलमा पुग्ने छन् ।

महिलातर्फ पनि नेपालले लगातार तीन खेल जित्दै क्‍वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय