+
+

दयाहाङको ‘कार्साङ’ले पहिलो साता कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १५:५२

काठमाडौँ । दयाहाङ राई स्टारर पछिल्लो फिल्म ‘कार्साङ’ले घरेलु बक्स अफिसमा पहिलो साता कमजोर ब्यापार गरेको छ । फिल्मले सो अवधिमा डेढ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको जनाइएको छ ।

यो कमाइ अभिनेता राईको फिल्ममध्ये सबैभन्दा कमजोर ब्यापार हो । याम शेर्पा निर्देशित यो फिल्म अभिनेता राईको ६ महिनापछिको रिलिज हो । पहिलो साता फिल्मले देशब्यापी १०० भन्दा बढी शो प्राप्त गरेको थियो ।

निर्माताले टिकटकमा फिल्म पाइरेसी हुनु लगायतलाई फिल्मको कमजोर ब्यापारको रुपमा अथ्र्याएका छन् । ‘डिग्री माइला’देखि ‘कार्साङ’सम्म आइपुग्दा यसवर्ष राईका ५ फिल्म रिलिज भएका छन् ।

जसमध्ये ‘कार्साङ’को ब्यापार सबैभन्दा न्यून हो । यसवर्ष अभिनेता राईका ‘डिग्री माइला’, ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘घरज्वाइँ’ प्रदर्शनमा आएका थिए । ‘दुखी आत्मा’, ‘अन्जिला’, ‘राजागञ्ज’, ‘पिताम्बर’, ‘भूठान’ प्रदर्शन तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?