
३ माघ, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4