+
+

विरोधपछि कार्टुन्ज क्रूले युट्युबबाट हटायो वेब-सिरिज ‘अन्तिम यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १६:१४

काठमाडौं । चर्चित डान्सर समूह कार्टुन्ज क्रूले निर्माण गरेको वेब–सिरिज ‘अन्तिम यात्रा : द लास्ट ट्रिप’लाई युट्युबबाट हटाइएको छ । छायांकन भएको लोकेसनका व्यक्तिहरूको विरोधपछि प्लाटफर्मबाट हटाइएको निर्माता सरोज अधिकारीले बताएका छन् ।

कार्टुन्ज क्रूको युट्युब च्यानलबाट भिडियो सन्देश जारी गर्दै उनले सिरिजका कतिपय दृश्य र संवादले स्थानीयलाई पर्न गएको चित्त दुःखाइप्रति माफी मागेका छन् । उनले विवादित कन्टेन्ट हटाएर पुनः अपलोड गर्ने समेत उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार काठमाडौंको एक कलेजमा छायाङ्कन गरिएको यो सिरिजका केही दृश्य र संवादप्रति कलेजले नै विरोध गरेको थियो । विवादित कुरा हटाएर केही दिनमा सिरिज पुनः दर्शकमाझ आउने जनाइएको छ ।

मुलुककै पहिलो जम्बी सिरिजको रूपमा चर्चा गरिएको सिरिजको पहिलो भाग गत शनिबार स्ट्रिमिङ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?