+
+

बूढानीलकण्ठमा करेन्ट लागेर एक श्रमिकको मृत्यु

काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १६:५८

३ माघ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?