+
+

दिदीको अश्लील भिडियो बहिनीलाई पठाएको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १७:१०

३ माघ, काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ ।

पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?