+
+

विकास परियोजना समयै सक्न मन्त्रीहरूलाई कांग्रेसको निर्देशन

चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश तर स्रोत सुनिश्चितता नभएका, टेन्डर हुन नसकेका, निर्माण सुरु भए पनि गति लिन नसकेका योजनामा ताकेता गर्न कांग्रेसले निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १७:४९

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सक्रियतापूर्वक भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको संसदीय दल कार्यसमितिको बैठकले १० मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले लाग्न निर्देशन दिएको हो । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरू सहितको बैठकमा मन्त्रीहरूले आआफ्ना मन्त्रालयका कार्यप्रगति ब्रिफिङ गरेका थिए ।

बैठकले आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना समयमा सम्पन्न गर्न मन्त्रीहरूलाई निर्देशन दिएको कांग्रेसले जनाएको छ । बैठकले चालु आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजनालाई निर्धारित समयमा सम्पन्न गर्ने गरेर पहलकदमी लिन पनि मन्त्रीहरूलाई निर्देशन दिएको छ ।

बैठकमा शीर्ष नेताहरूले सातामा दुई दिन खुला भेटघाट गर्न, नागरिकको गुनासो सुन्न, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रूपले आ–आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन पनि मन्त्रीहरूलाई निर्देशन दिएका थिए । यस्तै, संसद्का विषयगत समितिमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्‍याउन सक्रिय हुन पनि समितिका सभापति र सांसदलाई सुझाव दिइएको थियो ।

बैठकले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरू मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?