+
+

डस्टबिनभित्र भेटिएको शिशुको शवबारे अनुसन्धान गर्न खटियो कुकुरसहितको प्रहरी टोली

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १९:०७

३ माघ, काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै दिउँसो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव केसीका अनुसार साँझबाट अनुसन्धानको कार्य अघि बढाइएको छ ।

‘घटनाबारे गम्भीर रुपमा अनुसन्धान थालिएको छ,’ उनले भने, ‘भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालेका छौं ।’

बिहीबार बिहानै शिशुको शव फेला परेको थियो । यद्यपि, कुकुरसहितको टोली आउने भएपछि दिनभर शव चलाइएको थिएन ।

गए राति बच्चा जन्माएर फोहोर फाल्ने डस्टबिनमा फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

शिशुको शव डस्टबिनमा घोप्टो परेको अवस्थामा स्थानीयले भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?