+
+

प्रतिकूल मौसमका कारण विराटनगरका सबै उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते १७:११
फाइल तस्वीर

३ माघ, काठमाडौं । प्रतिकूल मौसमका कारण बिहीबार काठमाडौंबाट विराटनगरतर्फका सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगरका लागि दैनिक डेढ दर्जन हाराहारी उडान हुने गरेको छ । तर, बिहीबार बाक्लो हुस्सु लाग्दा सबै निर्धारित उडान रद्द भएका हुन् ।

त्रिभुवन विमानस्थल कार्यालय तथा वायुसेवा कम्पनीहरूका अनुसार आज दिनभरि मौसम खुल्न नसक्दा विराटनगर विमानस्थलको उडान प्रभावित भएको हो ।

काठमाडौंमा भने निर्वाध जहाज चलेका छन् । तराई भेगका विमानस्थलमा हिउँदयाममा नियमितजसो उडान प्रभावित हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?