+
+

सेभेन सिजले किन्यो ‘पूर्णबहादुरको सारंगी’ निर्देशकको नयाँ फिल्मको विदेश, ओटीटी र डिजिटल राइट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३ गते २०:४६

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्मातामध्येका प्याट्रिक सुवेदी र निर्देशक सरोज पौडेलले आगामी कथानक ‘कोशेढुंगा’मा सहकार्य गर्ने भएका छन् ।

सुवेदी र रमेश ढकालको अन्तर्राष्ट्रिय वितरण कम्पनी ‘सेभेन सिज इन्टरनेसनल’ले यो सोसल ड्रामा फिल्मलाई विदेशी बजारमा प्रदर्शन गर्ने भएको छ । निर्माता र वितरण कम्पनीका तर्फबाट सुवेदीबीच अन्तर्राष्ट्रिय वितरणबारे समझदारी भएको छ । कम्पनीले ओटीटी र डिजिटल राइट पनि किनेको छ ।

फागुन २ गतेदेखि स्याङ्जामा छायांकन हुने फिल्मलाई आगामी तीज पर्वमा प्रदर्शनको तयारी छ । यद्यपि, प्रदर्शन मिति भने छायांकनपछि सहमतिमा तोक्ने कुरा छ ।

कथावस्तु पनि श्रीमतीले परिवारको खुसीको लागि गर्ने संघर्षमा आधारित हुने जनाइएको छ । फिल्मलाई महिलाप्रधान बताइएको छ । शीर्ष भूमिकामा अहिलेसम्म सुरक्षा पन्त र ऋचा शर्मा अनुबन्धित भएको जनाइएको छ ।

नरदेवी फिल्म्सको प्रस्तुति रहने फिल्ममा हरि महत र प्रेविल कँडेल निर्माताको रुपमा हुनेछन् । दिनेश खड्का कार्यकारी निर्माताको रुपमा छन् । बाबु श्रेष्ठको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन हुनेछ ।

सुवेदी र पौडेलको सहकार्य रहेको ‘पूर्णबहादुरको सारंगी’ यतिबेला ५० करोडको दौडमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?