३ माघ, काठमाडौं । बिहीबार सम्पन्न जय ट्रफी मेन्स एलिट कप २०८१ को उत्कृष्ट ब्याटर मधेश प्रदेशका मयन यादव घोषित भएका छन् । मधेश प्रदेश फाइनलमा पुग्न नसकेपनि मयनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट रहेको थियो ।
मयनले प्रतियोगितामा सर्वाधिक रन बनाए । उनले ३ खेलका ६ इनिङमा ४४.६६ को औसतले २६८ रन बनाएका थिए । उनको नाममा एक शतक र एक अर्धशतक पनि रह्यो । उनले बागमती प्रदेशविरूद्ध शतक बनाएका थिए ।
मयनले नेपाली यू-१९ टिममा ओपनिङ ब्याटरका रूपमा खेल्छन् । उनी नेपाली क्रिकेटमा उदीयमान ब्याटरका रूपमा छाइरहेका छन् ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी भने त्रिभुवन आर्मी क्लबका स्पीन बलर साहब आलम घोषित भए । उनले ४ खेलका ८ इनिङमा ३३ विकेट लिए ।
साहबले एकै इनिङमा ८ विकेटसम्म पनि लिए भने चारपटक पाँच वा त्योभन्दा धेरै विकेट लिए ।
प्रतिक्रिया 4