+
+

ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते ५:२८

४ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको हो ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन-कुपण्डोल फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।

बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउनसक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?