+
+

सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते ७:४३

४ माघ, काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।

विहीबार साँझ साढे पाँच बजे पछाडिको टायर पन्चर हुँदा सडक छेउँको डिभाइडरमा ठोक्किएर माइक्रो बस दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । अरु ६ जना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको सिन्धुली प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?