+
इंग्लिस प्रिमियर लिग :

अमादको शानदार ह्‍याट्रिकमा युनाइटेडको पुनरागमन जित

२०८१ माघ  ४ गते ७:३० २०८१ माघ ४ गते ७:३०
अमादको शानदार ह्‍याट्रिकमा युनाइटेडको पुनरागमन जित

४ माघ, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा पुनरागमन जित हासिल गरेको छ । गएराति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३-१ ले हराएको हो ।

युनाइटेडको जितमा अमाद डियालोले शानदार ह्‍याट्रिक गरे । उनले खेलको अन्तिम १० मिनेटभित्र ह्‍याट्रिक गर्दै टोलीलाई जित दिलाए । त्यसअघि आत्मघाती गोलमार्फत युनाइटेड पछाडि परेको थियो ।

४३औं मिनेटमा मानुयल उगार्टेको नाममा आत्मघाती गोल भएपछि खेलमा पाहुना टोलीले पहिलो हाफमा १-० को अग्रता बनायो । दोस्रो हाफको अन्तिम समयमा युनाइटेडले तीन गोल फर्कायो ।

८२औं मिनेटमा पहिलो गोल गरेका अमादले ९०औं र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे र युनाइटेडलाई जित दिलाए ।

जितपछि युनाइटेड २१ खेलमा २६ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ । साउथह्‍याम्पटन ६ अंकसहित पुछारमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय