+
+

राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १२:२४

४ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन विधेयक सरकारले नै रोकेको गुनासो आयोगले गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो गुनासो गरेका हुन् ।

अध्यक्ष मगरका अनुसार आयोगको अन्तर्राष्ट्रिय श्रेणी घटुवासम्मको विषय आएको र आयोगका सिफारिस कार्यान्वयन लगायत समयानुकूल संशोधन गर्ने गरी विधेयक तयार दिइएको छ ।

‘तर विधेयक मन्त्रिपरिषद्‍बाट अगाडि बढ्न सकेन । मन्त्रिपरिषद्‍मै अड्किएको छ,’ अध्यक्ष मगरले भने, ‘ऐन संशोधन नहुँदा काम गर्न अप्ठ्यारो भइरहेको छ ।’

अध्यक्ष मगरका अनुसार आयोगले विधेयक अगाडि बढाउन ताकेता पनि गरिरहेको छ । उनले दोहोर्‍याए, ‘३/४ महिना भयो विधेयक बनाएर पठाएको तर अगाडि बढेन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?