+
+

ट्रम्पले सिल्वेस्टर स्टालोनसहितका ३ स्टारलाई हलिउड ‘विशेष दूत’को रुपमा नियुक्त गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १२:५४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले चर्चित अमेरिकी अभिनेताहरू सिल्वेस्टर स्टेलोन, मेल गिब्सन र जोन भोइटलाई हलिउडको ‘विशेष दूत’ नियुक्त गरेका छन् ।

हलिउडलाई पहिलेभन्दा बलियो बनाउने र विदेशी बजारमा हराएको ब्यापारलाई देशमा फिर्ता गर्ने उद्देश्यले आफूले उनीहरूलाई दूत नियुक्त गरेको ट्रम्पको भनाइ छ ।

ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा विहीबार लेखेका छन्, ‘जोन भोइट, मेल गिब्सन र सिल्भेस्टर स्टेलोनलाई ठूलो तर धेरै समस्याग्रस्त ठाउँ, हलिउड, क्यालिफोर्नियाका लागि विशेष राजदूतको रूपमा घोषणा गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो ।’

उनले अघि लेखेका छन्, ‘विगत चार वर्षमा धेरै व्यापार गुमाएको हलिउडलाई विदेशी देशमा फर्काउने उद्देश्यका लागि उनीहरूले मेरो लागि विशेष दूतको रूपमा काम गर्नेछन् । पहिलेको भन्दा ठूलो, राम्रो र बलियो हलिउड हुनेछ ।’

‘यी तीन धेरै प्रतिभाशाली व्यक्तिहरू मेरो आँखा र कान हुनेछन्, र म तिनीहरूले जे सुझाव दिन्छन्, म पूरा गर्नेछु । संयुक्त राज्य अमेरिका जस्तै, हलिउड को स्वर्ण युग हुनेछ’ उनले लेखेका छन् ।

ट्रम्पको यो घोषणा राजधानी वासिङ्टन डीसीमा राष्ट्रपतिमा सपथ लिनुको केही दिनअघि आएको छ । साथै, हलिउडको घर मानिने लस एन्जलस सहरमा जंगली आगलागीले हजारौं घर र भवन ध्वस्त पारेको पृष्ठभूमिमा आएको छ ।

धेरै व्यवसाय रिकभरका लागि संघर्ष गरिरहेका छन् र यसको लागि २५० बिलियन डलरभन्दा धेरै हुने अनुमान छ । सन् २०२४ मा घरेलु बक्स अफिस पनि अघिल्लो वर्षको तुलनामा घटेको थियो । किनकी सो वर्ष हलिउड रिलिज क्यालेन्डर लेखक र कलाकारको हड्तालको कारण प्रभावित भयो ।

हालैका वर्षहरूमा स्टेलोन, गिब्सन र भोइट ट्रम्पका समर्थकहरू हुन् । स्ट्यालोनले नोभेम्बरमा ट्रम्पको फ्लोरिडास्थित निवास मार-ए-लागोमा आयोजित गाला समारोहमा निर्वाचित राष्ट्रपतिलाई दोस्रो जर्ज वासिङ्टनको रुपमा परिचय गराए । गिब्सनले ट्रम्पको समर्थनमा आवाज उठाए र २०२४ को चुनाव अघि कमला ह्यारिसको बुद्धिमत्ताको आलोचना गरे । भोइटले गतवर्ष भेराइटीको कभर स्टोरीमा ट्रम्पको प्रशंसाको बारेमा गहिरो कुरा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?