+
+

बारामा १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

रासस रासस
२०८१ माघ ४ गते १३:००

४ माघ, कलैया । बारामा यसवर्ष १ लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका र्थविज्ञ गणेश महराका अनुसरा यहाँका किसानले कुल एक लाख १८ हजार दुई सय ९६ मेट्रिक टन आलु उत्पादन गरेका हुन् ।

उनका अनुसार सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।

गत वर्ष प्रतिहेक्टर १५ दशमलव नौ प्रतिशतले आलु उत्पादन भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?