
३ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रन्जुकुमारी झाले संवैधानिक निकायका विवादित ५२ पदाधिकारीको विषयमा जिम्मेवार हुनुपर्नेहरू नहुँदा समस्या भएको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
‘यहाँहरू (संसदीय सुनुवाइबिनै नियुक्ति पाएका संवैधानिक निकायका ५२ पदाधिकारी) को काम गर्ने मेन्टालिटीमा स्ट्रङनेस भएन,’ सांसद झाले भनिन् । यो विवाद लम्बिनुमा अदालत, संसद् र सरकार नै जिम्मेवार रहेको उनको भनाइ थियो ।
‘नियुक्ति संसदीय सुनुवाइ नभएको भनेर प्रश्न हो । अन्य प्रक्रियामा त प्रश्न छैन । म पनि कानुनको विद्यार्थी हुँ,’ उनले थपिन्, ‘नयाँ सांसदले पनि सबैलाई (संवैधानिक निकायका ५२ पदाधिकारी) सुनुवाइमा लगे पनि हुन्थ्यो । न संसद्ले केही गरिरहेको छ न अदालतमा मुद्दा टुंगिन सकिरहेको छ न सरकार यसमा गम्भीर छ । सबै उदासीन छ ।’
एउटा निकास दिएर संवैधानिक आयोगका पदाधिकारीलाई काम गर्ने मनोवैज्ञानिक वातावरण समेत बनाउन आवश्यक रहेको उनले बताइन् ।
प्रतिक्रिया 4