+
+

अदालतमा सरकारको हस्तक्षेप भएको अनुभूति हुन्छ : सांसद कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १३:३१

४ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले अदालतमा सरकारको हस्तक्षेपको अनुभूति हुने गरेको बताएका छन् । उदाहरणको रूपमा संवैधानिक नियुक्ति विवादको मुद्दालाई देखाए उनले यस्तो बताएका हुन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘अदालतमा सरकारको हस्तक्षेप भएको अनुभूति हुन्छ । कस्ता विषय फैसला भए, कस्ता विषय फैसला भएनन् भन्नेले पनि यो बताउँछ ।’

अदालतमा सरकारको हस्तक्षेपको अनुभूति दिलाउने उदाहरण संवैधानिक नियुक्ति विवादको मुद्दा लम्बिनु पनि रहेको उनले बताए ।

पृष्ठभूमिमा ५२ पदाधिकारीको नियुक्ति विवादललाई देखाउँदै उनले अगाडि भने, ‘ढिलो न्याय आफैंमा राम्रो होइन । न्यायलयले समयमै मुद्दा  टुंगो लगाउदा राम्रो हुन्छ । र यस्तो आशंका (अदालतमा सरकारको हस्तक्षेप हुन्छ भन्ने आशंका) चिरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?