+
+

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १६:००

४ माघ, काठमाडौं । सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान रहेका छन् ।

प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत युवतीको फोटोमा नग्न तस्वीर जोडेर चरित्रहत्या गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) ले जनाएको छ ।

प्रधानले विभिन्न अपशब्द लेखेर फेसबुक म्यासेन्जरबाट पीडित युवतीलाई म्यासेज पठाउने गरेको पीडितको भनाइ छ ।

पीडित युवतीको उजुरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार बिहीबार नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?