+
+

विपक्षी दलले भने – ओली सरकार बनेपछि भ्रष्टाचारका फाइल बन्द हुन थाले

भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिन सरकार उद्यत

ओली सरकार बनेपछि गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेको विपक्षी दलहरूको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १६:०६

४ माघ, काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्द थालेको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको समेत उनीहरूको भनाइ छ ।

सरकारबारेको साझा धारणा सार्वजनिक गर्दै विभिन्न सात विपक्षी दलले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन उद्यत रहेको आरोप लगाएका हुन् ।

‘देश र जनताको हित प्रतिकूल सरकारका निरङ्कुश गतिविधिका कारण आम जनतामा राज्य र सरकार प्रति चरम निराशा उत्पन्न भइरहेको छ । सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरुद्ध गरेको छ ।

‘सरकारले भ्रष्टाचारीहरूलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ,’ विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’

विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि विगतको सरकारले अगाडि अनुसन्धान अगाडि बढाएका भ्रष्टाचारका विभिन्न काण्डका फाइल बन्द गरेको समेत बताएका छन् ।

‘विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेका छन्,’ विपक्षी दलहरूद्वारा जारी संयुक्त विज्ञप्ति बाचन गर्दै प्रचण्डले भने ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सरकारबारे साझा धारणा सार्वजनिक गरेका हुन् ।

विपक्षी दलले जारी गरेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?