+
+

विपक्षी दलको साझा धारणा : अर्थतन्त्र झन् समस्याउन्मुख

विपक्षी दलहरूले विगतमा सुधारोत्मुख अर्थतन्त्र वर्तमान सरकारको गलत कार्यशैलीका कारण समस्याग्रस्त बन्दै गएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १६:१३

४ माघ, काठमाडौं । विपक्षी दलहरूले मुलुकको अर्थतन्त्र झन् समस्यातर्फ उन्मुख रहेको बताएको छन् ।

सरकारका कामबारहीबारे साझा धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले विगतमा सुधारोन्मुख अर्थतन्त्र झन् समस्यातर्फ उन्मुख बनेको बताएका हुन् ।

पत्रकार सम्मेलन गर्नुअघि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले साझा धारणासहितको विज्ञप्ति जारी गरेको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले वर्तमान सरकारको गलत कार्यशैलीका कारण अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?