
४ माघ, काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ ।
यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4