+
+

‘सिकन्दर’ २०२५ मा बहुप्रतीक्षित भारतीय फिल्म, यस्तो छ शीर्ष २० सूची

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १६:५२

काठमाडौं । सन् २०२५ सुरु भइसकेको छ । दर्शक यस वर्ष प्रदर्शन हुने फिल्मको प्रतीक्षामा छन् । गत वर्ष ‘पुष्पा २’, ‘कल्की २८९८ एडी’, ‘आवेशम’, ‘मुन्ज्या’ र ‘स्त्री २’ जस्ता ब्लकबस्टर फिल्मले बक्स अफिसमा धमाका मच्चाए । सन् २०२५ झनै विस्फोटक हुने प्रक्षेपण गरिएको छ ।

आईएमडीबीले यस वर्षका २० प्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ, जसलाई लिएर उत्सुकतापूर्वक प्रतीक्षा छ । यी फिल्मले पनि बक्स अफिसमा हलचल मच्चाउने अपेक्षा छ । सूचीमा इदमा रिलिज हुने सलमान खानको ‘सिकन्दर’देखि यशको ‘टक्सिक’सम्म सामेल छन् ।

सिकन्दर

‘सिकन्दर’लाई एआर मुरुगादासले निर्देशन गरेका हुन् । यसमा सलमान खानको अपोजिटमा रश्मिका मन्दाना छिन् । टिजर २७ डिसेम्बर २०२४ मा सलमानको जन्मदिनमा रिलिज गरिएको थियो । ‘सिकन्दर’ यसै वर्षको इदमा रिलिज हुँदैछ ।

टक्सिक

‘केजीएफ’मा रकी भाइले चिनिएका अभिनेता यशको ‘टक्सिक’ घोषणा भएदेखि नै दर्शक पर्खाइमा छन् । यश पछिल्लो पटक सन् २०२२ मा ‘केजीएफ २’ मा देखिएका थिए । त्यसपछि उनी ‘टक्सिक’मा व्यस्त थिए । यो फिल्म १० अप्रिलमा रिलिज हुनेछ । फिल्ममा साई पल्लवीको पनि अभिनय छ ।

कुली

रजनीकान्तको ‘कुली’ आईएमडीबीको बहुप्रतीक्षित फिल्मको सूचीमा तेस्रो स्थानमा परेको छ । यसमा शिवकार्तिकेयन, नागार्जुन अक्किनेनी र श्रुति हसनले अभिनय गरेका छन् । यो फिल्म मे १ मा रिलिज हुँदैछ ।

सूचीमा त्यसपछि क्रमश: हाउसफुल ५, बागी ४, द राजा साहब, वार २, एल २ : एम्पुरान, देवा, छावा, कनप्पा, रेट्रो, ठग लाइफ, जाट, स्काइ फोर्स, थामा, कान्तारा : अ लिजेण्ड च्याप्टर १, अल्फा र थांडेल समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?