+
+

उपराष्ट्रपतिसँग भारतीय राजदूतले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १७:२०

४ माघ, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले बताए ।

राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?