+
+

माधव नेपालको प्रश्न- संविधान संशोधनका लागि ०८७ सम्म सरकार टिकाउनुपर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १८:४५

४ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संविधान संशोधनको विषयलाई पूर्ण रुपमा बेवास्ता गरिरहेको बताएका छन् ।

शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

‘संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन ?,’ अध्यक्ष नेपालले प्रश्न गरे ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा ०८७ मा संविधान संशोधन हुने बताएका थिए । त्यसतर्फ इंकित गर्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न पनि गरे ।

‘अब ०८७ सम्म कुर्नुपर्ने, यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुपर्‍यो ? प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने ? यसको जवाफ दिनुपर्‍यो,’ उनले भने ।

साथै, अहिलेको सरकारले जनअपेक्षा पूरा गर्न नसकेको नेपालको भनाइ छ । जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको उनले बताए ।

‘वास्तवमा यो सरकारले जन अपेक्षाहरू पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन,’ उनले भने, ‘समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?