
४ माघ, काठमाडौं । मधेश प्रदेश सरकारले शहीदहरूको स्मरणमा शनिबार एक लाख दीप प्रज्वलन गर्ने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यसबारे जानकारी गराएका हुन् ।
एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिबार साँझ हुने बताए । शहीदहरूको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रबार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू गरेको पनि उनले बताए ।
मधेस प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहीद प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरू गरेको पनि उनले बताए ।
शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि उनले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4