+
+

प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १७:५७

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटका अवसरमा राष्ट्रियसभाका सदस्य एवं इजरायलका लागि पूर्व नेपाली राजदूत डा अञ्जान शाक्य र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?