+

खो खो विश्‍वकप : महिलातर्फ इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा

२०८१ माघ  ४ गते १८:११ २०८१ माघ ४ गते १८:११
खो खो विश्‍वकप : महिलातर्फ इरानलाई हराउँदै नेपाल सेमिफाइनलमा

४ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्‍वकपअन्तर्गत महिलातर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्‍वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब फाइनल प्रवेशका लागि युगाण्डासँग खेल्ने छ । युगाण्डाले आजै भएको खेलमा न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नेपाल समूह सी को विजेताका रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो । नेपाल आफ्नो समूहमा अपराजित रहेको थियो ।

पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४  तथा तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले पराजित गरेको नेपालले चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर समूह विजेता बनेको थियो ।

नेपालको पुरूष टिम पनि क्‍वाटरफाइनलमा बंगलादेशसँग खेल्दै छ ।

खो खो विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय