
काठमाडौं । पछिल्लो समयका चर्चित गायक सुशान्त केसीले आगामी फागुन २४ गते (८ मार्च)मा भक्तपुरमा प्रस्तुति दिने भएका छन् । स्थानीय सल्लाघारी ग्राउन्डमा ‘सुशान्त केसी लाइभ इन नेपाल’ आयोजना हुन लागेको हो ।
शुक्रबार उनको कन्सर्ट मिति सार्वजनिक भएको हो । उक्त दिन शनिबार दिउँसो ४ बजेदेखि कन्सर्ट सुरु हुने जनाइएको छ । टिकट पार्टनर खल्तीले १९ जनवरीदेखि टिकट बिक्री सुरु हुने जनाएको छ ।
टीआरएन इभेन्ट्सहितका केही आयोजकले कन्सर्ट गर्न लागेका हुन् । यस वर्ष एकपछि अर्को हिट गीत दिएका सुशान्त युट्युब र स्पोटीफाइमा सर्वाधिक हेरिने र सुनिने नेपाली गायक बनेका छन् ।
स्पोटीफाइमा उनी शीर्षस्थानमा छन् । गत २० जुलाईमा उनले अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरको प्लाटिनियममा ‘उडी उडी वर्ल्ड टुर’ प्रस्तुत गरे । यस वर्ष सुशान्तका बार्दली, पर्ख न, झ्यालबाट, सारङ्गी जस्ता गीत हिट रहे ।
प्रतिक्रिया 4