+
+

विराटनगरमा प्रचण्डको मर्निङवाक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते ८:३४

५ माघ, विराटनगर । प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् । उनी शुक्रबार साझ विराटनगर आएका थिए । छोरी गंगाको घरमा बसेका उनले आज बिहान कार्यकर्तासँग मनिङ्वाक गरेका हुन् ।

जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा हरेक क्षेत्रमा मर्निङवाक गरिररहेका छन् ।

उनले आज बिहान ९ देखि १० बजेसम्म विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । बिहान १० देखि ११ बजेसम्म होटल एसियाटिकमा न्यू सृष्टी दैनिकले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले भेटघाट पनि गर्नेछन् । त्यसपछि १ बजे उनी मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा आयोजित बधाई ज्ञापन तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ ।

गत मंसिरमा भएको उपनिर्वाचनमा ग्रामथान माओवादी केन्द्रले जितेको थियो । सोही क्षेत्रमा आयोजित कार्यक्रममा उनी सहभागी हुन लागेका हुन् । उनी आज बेलुका काठमाडौं फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?