
‘सबैको अधिकारको लागि हामी लड्यौं’ वेदना शीर्षकको नाटकमा क्रान्तिकारी पात्र बनेर विनय उफ्रियो ।
‘आजबाट सबैको अधिकार सुनिश्चित हुन्छ’ अञ्जान त्यसै गरी चिच्यायो ।
नाटक चल्दै थियो । परर्र ताली बज्यो । सबैको सम्मान हुनु नराम्रो विषय पनि थिएन । महिला हिंसा, जातीय असमानता र लैंगिक मतभेद अन्त्यको विषय सबैले मानेकै विषयहरु थिए । सबैले समानता पाउन नियम एक हुनुपर्थ्यो । नीति र संविधान एक हुनु पर्थ्यो । न हुन्छ कि ! भन्ने जनचासो सबैको रहने नै भयो ।
मानवअधिकार र सामाजिक उत्थानको नाममा पचास हजार भन्दा बढी एनिओ खुल्यो । तीन सयको हाराहारीमा आईएनजिओ खुल्यो । ४ लाख तिनका कर्मचारी भर्ती भए । २०१७ साल, २०४६ साल, २०६२/२०६३ गरेर तीन पटक जन आन्दोलन भयो । तीनै पटक एउटै व्यवस्था प्रणाली आयो । एउटै शासन प्रणाली आयो । खोइ त परिवर्तन ? बाधक तिनै एनजिओ थिए । डिप स्टेटले फण्डा मात्र चलायो । जतिजति मानवअधिकारकर्मी बढे उतिउति पश्चिमा मिसन बढ्यो । मिसनरी कामहरु मात्र भए । समाजमा द्वन्द्व र भाँडभैलो बढ्यो । सबै एनजिओले आफ्नो बजेट शिक्षा क्षेत्रमा मात्र खर्च गरेका थिए भने आजसम्म ती समस्या सबै हट्थे । तर खर्च शिक्षामा गरेनन् । अन्तत: देश नै तिनीहरुको चंगुलमा फस्यो । नाटक हेरिरहेका जीवन मगरले विगत सम्झँदै झस्किए ।
अन्ततोगत्वा मानवअधिकार नामक संस्थाले प्रायोजन गरेको नाटक कार्यक्रममा जीवन मगरले उठेर भने, ‘सिर्जना गर्न नसकेर दोबाटोमा माग्न बसेका मानवअधिकारकर्मीबाटै मानवअधिकार हनन् भइरहेको छ ।’
हेलम्बु-६, सिन्धुपाल्चोक
प्रतिक्रिया 4