+
आईसीसी यू-१९ महिला टी२० विश्‍वकप :

यू-१९ महिला विश्‍वकप : नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य

२०८१ माघ  ५ गते १३:४४ २०८१ माघ ५ गते १३:४४
यू-१९ महिला विश्‍वकप : नेपालद्वारा बंगलादेशलाई ५३ रनको लक्ष्य

५ माघ, काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ५२ रनमा अलआउट भएको छ । नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको हो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १-१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए ।

गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय