+
+

छुदेन काविमोको दोस्रो उपन्यास ‘उरमाल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते १५:१४

५ माघ, काठमाडौं । भारतीय नेपाली लेखक छुदेन काविमोको दोस्रो उपन्यासकृति ‘उरमाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘उरमाल’ सार्वजनिक गरिएको हो ।

दार्जिलिङको गोर्खाल्यान्ड आन्दोलनका बारेमा लेखिएको उपन्यास फातसुङबाट चर्चामा आएका लेखक हुन्, काविमो । उनले पाँच वर्ष लगाएर दोस्रो कृति ‘उरमाल’ लेखेका हुन् ।

लेखकले चिया टिप्ने महिलाहरूको पीडालाई नजिकबाट नियालेर उपन्यास लेखेका छन् ।

उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै लेखक छुदेनले भने, ‘चियासम्बन्धी धेरै किताब पढेँ । चियाको इतिहास उत्पत्ति अनि धेरै कुरा । तर चिया श्रमिकको कथा चैं पाइन । त्यसैले उरमाल लेख्नुपर्छ भन्ने लाग्यो ।’

लेखकका अनुसार चिया टिप्ने महिलाहरूले हालेको सुस्केरा नै कृतिको नाम बन्न पुगेको छ ।

उपन्यास विमोचनम कार्यक्रममा बोल्दै मानवशास्त्री सुरेश ढकालले उपन्यासभित्रका कथा, उपकथाले पाठकलाई तानिरहने जानकारी गराए ।

‘बेलायती उपनिवेशले आदिवासीहरूलाई गरेको औपनिवेशिक शोषणको कथा हो उरमाल, तर यसमा धेरै कथा, उपकथा छन् जस्ले पाठकलाई तानिरहन्छ,’ ढकालले भने ।

लेखक छुदेनको फातसुङ किताब नेपाली भाषासँगै हिन्दी, बंगाली, सिन्धी र अंग्रेजी भाषामा पनि प्रकाशित छ ।

सङ अफ् सोइल शीर्षकमा अजित बरालले अनुवाद गरेको फातसुङ नेपाल, भारतसँगै बेलायतबाट पनि प्रकाशित भयो, जो दक्षिण एसियाको प्रतिष्ठित पुरस्कार जेसिबी प्राइज फर साउथ एसियन लिटरेचरको अन्तिम सूचीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?