
५ माघ, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।
स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।
सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।
पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।
अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4