+
+

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते १५:५८

५ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा माल्यापर्णपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘ अहिलेको अवस्थामा सहकार्य हुँदैन । जोसँग सहकार्य गरेको छ उसैलाई पिँठ्यूमा छुरा रोप्ने र राज्य शक्तिको प्रयोग गरेर पार्टी विभाजन गर्ने नेता किन्न भएपछि कुनै विश्वास छैन,’ यादवले भनेका छन् ।

समाजवादी मोर्चा सक्रिय बनाउन लागे पनि आफू तत्काल सहभागी हुने सोचमा नरहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेश आन्दोलनको पनि भूमिका रहेको जिकिर गरे ।

पछिल्लो समाजवादी मोर्चा सक्रिय बनाउन भन्दै नेताहरू छलफलमा जुटेका छन् । ४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपाल) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

उपेन्द्र भने मोर्चामा निष्क्रिय छन् । मोर्चामा सक्रिय बनाउन उपेन्द्रलाई मनाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लिएका थिए ।

नेपालले यादवसँग छलफल अघि बढाए पनि सकारात्मक परिणाम आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?