+
+

विवादित दृश्य हटाउँदै कार्टुन्ज क्रूले ल्यायो वेब-सिरिज ‘अन्तिम यात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते १९:०६

काठमाडौं । विवादित दृश्य हटाउँदै कार्टुन्ज क्रूले आफ्नो चर्चित वेब-सिरिज ‘अन्तिम यात्रा’को पहिलो भागलाई पुनः युट्युवमा रिलिज गरेको छ । शनिबार पुनः अपलोड गरिएको नयाँ संस्करणमा विवादित दृश्य र संवाद समावेश छैन ।

अघिल्लो भर्सनमा समावेश केही दृश्यप्रति काठमाडौंका केही कलेजले आपत्ति जनाउँदै विरोध जनाएपछि निर्माताले माफी माग्दै हटाउन बाध्य भएका थिए । छायांकन भएकै थलोका मानिस विरोधमा उत्रिएपछि निर्माता तथा निर्देशक सरोज अधिकारीले भिडियो सन्देश जारी गिर्दै हटाइएको जनाएका थिए ।

चर्चित डान्सिङ समूह कार्टुन्ज क्रू पछिल्लो समय वेब-सिरिज निर्माणमा सक्रिय छ । निकट भविष्यमा कथानक फिल्म बनाउने तयारी रहेको निर्देशक अधिकारीले जनाए ।

‘अन्तिम यात्रा’को कार्यकारी निर्मातामा विजय अधिकारी छन् । सिरिजमा सरोजसहित, सिजल गौतम, विजय अधिकारी, सौरभ ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिसेल घिमिरे, परिक्षितविक्रम राना, आयुष्मा भट्ट, सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीता शर्मा बस्याललगायतको अभिनय छ ।

पहिलो सिजनमा ४ एपिसोड सार्वजनिक हुने जनाइएको छ । संकल भुजेलको छायांकन र सुरोज अधिकारीको सम्पादन, राजेन्द्र मोक्तानको रङ् संयोजन छ । ‘एड्भेन्चर’, ‘कमेडी’, ‘हरर’, ‘रोमान्टिक ड्रामा’ विधामा आधारित यो वेब-सिरिजको सिक्वेल दर्शकको मागअनुसार निर्माण गर्ने तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?