+
+

आफ्नो क्षेत्रका प्रतिनिधिसभा सांसद हराएको बागमतीका पूर्वमन्त्रीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते १९:१८

५ माघ, काठमाडौं । पूर्वमन्त्री समेत रहेका बागमती प्रदेशसभा सदस्य युवराज दुलाल शरदले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका सांसद हराएको गुनासो गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य दुलालले यस्तो गुनासो गरेका हुन् ।

उनी निर्वाचित क्षेत्रको प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट मोहनबहादुर बस्नेत छन् । बस्नेत ०७९ को चुनावमा निर्वाचन क्षेत्र फेरेर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । निर्वाचनका बेला त्यहाँ माओवादी र कांग्रेसबीच गठबन्धन थियो ।

सँगै गठबन्धन गरेर निर्वाचनमा सहभागी भएका दुलालले शनिबार सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा बस्नेत हराएको गुनासो गरेका हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा पर्ने बाह्रबिसे कांग्रेस सांसद बस्नेतको गृहपालिका हो ।

उनकै गृहपालिकमा आयोजित सभामा बोल्दै बागमतीका पूर्वमन्त्री समेत रहेका दुलालले भने, ‘मैले बाह्रबिसेमा आज एउटा कुरा भन्नैपर्छ । मैले पनि भोट हालेर जिताएको मेरो क्षेत्रको प्रतिनिधिसभा सांसद अहिले हराउनुभएको छ । अहिले हुनुहुन्न । को भन्ने कुरा तपाईंहरूलाई थाहा होला ।’

बस्नेतलाई आफ्नो क्षेत्रमा लगेर जिताएकोमा आफूलाई केही कमजोरी महसुस भएको पनि बताए ।

‘मलाई अहिले कमजोरीको पनि महसुस भएको छ,’ उनले भनेका छन् ।

उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटालाई बस्नेतले दिएको धम्कीतर्फ लक्षित गर्दै भनेका छन्, ‘यो आतंक, डर र त्रासको अभिव्यक्ति हो । हामी कोही चिन्तित हुनुपर्ने छैन ।’

आत्तिएको बेलामा नहान्ने गोरुले पनि हान्ने उल्लेख गर्दै भने, ‘पुलिसको घेराभित्र बसेर भाषण गर्न सजिलो हुन्छ । जनताको बीचमा एक्लै जान सहज छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?