+
+

जाजरकोट भूकम्प पीडित बालबालिकाको सहयोगार्थ अक्षयकोष स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ५ गते १९:४४

५ माघ, काठमाडौं । जाजरकोट भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको सहयोगार्थ अक्षय कोष स्थापना गरिएको छ ।

अक्षय कोषमा प्रवासी नेपाली मञ्च (ओएनएफ) आयोवा राज्य कमिटी अमेरिकाले रु.५ लाख उपलब्ध गराएको छ । ओएनएफ आयोवा कमिटी अध्यक्ष पुरुषोत्तम बरालका अनुसार देउसी भैलो खेलेर संकलन भएको रकम भूकम्प पीडित बालबालिकालाई सहयोग गरिएको हो ।

उक्त सहयोग कोषलाई उपलब्ध गराउँदै अमेरिकामा प्राध्यापन गरिरहेका डा.थोमस बास्तोलाले आगामी वर्ष थप रु. ५ लाख उपलब्ध गराउने घोषणा गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?