
फाइल तस्वीर
६ माघ, काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम अहिले सार्वजनिक गरिसकेको छैन । तर, स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको अनलाइनखबरलाई बतायो ।
उक्त गाँजा भारततर्फ लैजान खोजिएको सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो । यस सम्बन्धमा विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4