+
+

बागमती प्रदेश सभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि   

रासस रासस
२०८१ माघ ६ गते १०:२८

६ माघ, बागमती (मकवानपुर) ।  बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी गरेको छ ।

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ’, सभामुख पाठकले भने, ‘प्रदेश सरकारले माघ १० गतेलाई अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने भन्ने कुरा भएको छ, त्यहीअनुसार हामी अधिवेशन सञ्चालनको तयारीमा जुटेका छौं । सम्भवतः आइतबार वा सोमबारसम्ममा प्रदेश सरकारबाट यसको जानकारी आउँछ होला’, उनले भने ।

गत २०८१ वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो । सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियोभने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?