+
+

सुदूरपश्चिम प्रदेश सभाको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते ११:३०

६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बोलाइएको छ ।

६ असोजमा प्रदेश सभाको बैठक बसेको थियो । तर, त्ययता बैठक बस्न सकेको थिएन । आइतबार भने चार महिनापछि बैठक बोलाइएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक अहिले जारी रहेको छ । बैठकमा सभामुखले विशेष समय दिएका प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।

यस्तै, बैठकमा सभामुखले विषयगत समितिमा रहने प्रदेश सभा सदस्यको नामावली हेरफेरको सहमतिको प्रस्ताव पेस गर्ने, विशेषाधिकार समितिमा रहने सदस्यको प्रदेश सभा सदस्यको नामावलीबारे जानकारी गराउने र रिक्त रहेका विषयगत समितिका सभापति चयनको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?