+
+

बिगबोस सिजन १८ को फिनाले आज, कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १३:२०

काठमाडौं । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १८’ को ग्रान्ड फिनाले आइतबार राति आयोजना हुँदैछ । भिभियन डिसेना, चुम दराङ, अविनाश मिश्रा, रजत दलाल, करणवीर मेहरा र ईशा सिंहमध्ये एकजनाले उपाधि जित्नेछन् ।

उपाधि जित्नेले ५० लाख नगद र चम्किलो ट्रफी पनि पाउनेछन् । फिनालेलाई लिएर दर्शकमाझ व्यापक उत्साह छ । कतिपय भारतीय सञ्चारमाध्यमले सम्भावित विजेताबारे चर्चा थालेका छन् ।

फिनालेका लागि भिभियन डिसेनाको नाम सबैभन्दा दाबेदारीमा छ । उनी सुरुदेखि नै शोमा दर्शकको प्रिय बनेका छन् । अहिले उनले फ्यानको मनमा स्थान बनाएका छन् । साथै रजत दलाल र करणवीर मेहराबीच फाइनलको भोटिङमा पनि प्रतिस्पर्धा छ ।

फिनालेलाई नेपाली दर्शकले कलर्स टिभीमा राति पौने १० बजेदेखि हेर्न सक्नेछन् । ओटीटी दर्शकले फिनालेलाई जियो सिनेमा एप र जियो टिभीमा पनि लाइभ हेर्न सकिने जनाइएको छ ।

फिनालेलाई लिएर दर्शकमाझ उत्साह छ । दर्शकले मनपर्ने प्रतियोगीलाई लिएर दिनरात भोट गरिरहेका छन् । आइतबारको फिनालेमा केही बलिउड सेलेब्रिटी पनि अतिथिको रुपमा देखिनसक्ने सम्भावना छ । बिगबोसको क्रेज नेपाली दर्शकमाझ पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?