+
+

उडान ढिलो हुँदा कार्यक्रम छुटाउनुपरेपछि समीक्षाको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १३:४७

काठमाडौं । पछिल्लो समय कलाकारलाई कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ छ । संगीतकर्मी अझै व्यस्त छन् । विभिन्न जिल्लामा हुने मेला महोत्सवमा सहभागी हुने चटारोमा उनीहरू छन् ।

दुई साताअघि टिभी पर्सनालिटी रीमा विश्वकर्माले अमेरिकादेखि भारत हुँदै नेपाल फर्किने क्रममा सकस भोगेकी थिइन् । एयर इण्डियाको कनेक्टिङ फ्लाइटमार्फत दिल्ली हुँदै काठमाडौं आउन लागेकी उनले जहाज छुटाएकी थिइन् । उनले एयर इण्डियाको व्यवस्थापन र व्यवहारप्रति दुःखेसो पोखेकी थिइन् ।

यस्तोमा, गायिका समीक्षा अधिकारीले पनि आइतबार विमान ढिलो हुँदा कार्यक्रम छुटाउनुपरेको छ । सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत अधिकारीले जहाज समयमै नउड्दा आफूले नेपालगञ्जमा हुने कार्यक्रम छुटाउनुपरेको लेखेकी छन् ।

आज पनि आफूसहितका यात्रु बिहानैदेखि एयरपोर्टमा अलपत्र परेको भन्दै उनले श्री एयरलाइन्सप्रति गुनासो पोखेकी छिन् । यसअघि पनि यही एयरलाइन्सको विमान समयमै नउड्दा नेपालगञ्जको कार्यक्रम छुटाउनुपरेको उल्लेख गर्दै समीक्षाले आज पनि बिहानैदेखि एयरपोर्टमा रहेको लेखेकी छिन् ।

उनी लेख्छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन् ।

केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन । यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स काम छैन ।’

पछिल्लो समय मेला महोत्सवको सिजनका कारण समीक्षासहितका कलाकारलाई भ्याइनभ्याई छ । उनी यतिबेला सबैभन्दा व्यस्तमध्येकी संगीतकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?