+
+

गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग

गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न नेपाल गोंड समाज उत्थान समितिले माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ६ गते १३:५३

६ माघ, काठमाडौं । गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्न नेपाल गोंड समाज उत्थान समितिले माग गरेको छ । वीरगञ्जमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राज्यको सेवासुविधाबाट वञ्चित रहेका गोंड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गराइ राज्यको मूलधारमा ल्याउन सरकारसँग माग गर्ने निर्णय भएको समाजका युवा नेता बिन्दुभूषण साहले जानकारी दिए ।

बैठकले गोड जातिलाई आदिवासी जनजातिमा सूचीकृत गराउनका लागि संघीय तथा समान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको समाजका पर्सा अध्यक्ष मनोज साह गोंडले जानकारी दिए ।

बैठकमा समाजका केन्द्रीय उपाध्यक्ष लालजी साह गोंड, केन्द्रीय कोषाध्यक्ष प्रहलाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?