
काठमाडौं । थाइल्याण्डमा हुने ‘मोराडोक-माई अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा नेपालबाट सद्भाव थिएटरको नाटक ‘अनुत्तर’ले प्रतिनिधित्व गर्ने भएको छ । आगामी २३ जनवरी (माघ १० गते) देखि थाइल्याण्डको बैंककमा हुने महोत्सवमा सद्भावको नाटक ‘अनुत्तर (एन एनिग्मा)’ छनोट भएको हो ।
राम केएसीले निर्देशन गरेको यो नाटक यसअघि सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा नियमित मञ्चन भइसकेको छ । रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको ‘अनुत्तर’लाई सुशीलालक्ष्मी महर्जनले सहनिर्देशन गरेकी हुन् । ‘अनुत्तर’मा प्रकाश र संगीत संयोजन टीकाभक्त जिरेलले गरेका छन् ।
किरणले २३ जनवरीदेखि २७ जनवरीसम्म मोराडोक-माई थिएटरमा र ७ फेब्रुअरीदेखि ९ फेब्रुअरीसम्म बैंकक आर्ट्स एण्ड कल्चरल सेन्टरमा प्रस्तुति दिनेछन् ।
नाटकमा राजनीतिक परिस्थितिका कारण देशभित्र भविष्य देख्न नसकिरहेका आम नेपाली युवाको कथा प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया 4