
६ माघ, भक्तपुर । भक्तपुरका विद्यालयमा हरित क्षेत्र अभियान सुरु भएको छ । विभिन्न मौसमी फलको बिरुवा रोपेर भक्तपुरका विद्यालयमा हरित क्षेत्र अभियान सुरु गरिएको हो ।
सेभ द प्लानेट नामक संस्थाले दोस्रो चरणको कार्यक्रम अन्तर्गत भक्तपुरका पाँच विद्यालयमा विभिन्न मौसमी फलको बिरुवा रोपेर अभियान सुरु गरिएको संस्थाले जनाएको छ ।
भक्तपुरमा रहेका आदर्श माध्यामिक विद्यालय, जनक सिद्धिकाली मावि, श्री बालप्रेमी मावि, क्रियटिभ लर्नस् एकेडेमी र भक्तपुर अंग्रेजी माविमा मौसमी फलको बोट रोपिएको संस्थाले जनाएको छ ।
विद्यालय क्षेत्रमा हरियाली बगैंचा निर्माण गरी हरित क्षेत्र अभियानलाई अघि बढाइएको संस्थाका अध्यक्ष यादव भण्डारीले जानकारी दिए ।
विद्यालय परिसरभित्र रहेको खाली क्षेत्रमा विद्यालयको समन्वयमा अम्बा, लप्सी, ओखर, एभोकाडो लगायतका मौसमी फलका साथै तेजपत्ता, रुद्राक्ष, धुपी लगायत बिरुवा रोपिएको संस्थाले जनाएको छ ।
पहिलो चरणमा एक सय सामुदायिक तथा निजी विद्यालयमा मौसमी फलको बोट रोपिएको जानकारी दिँदै संस्थाका अध्यक्ष भण्डारीले दोस्रो चरणमा उपत्यका र आसपासका १ हजार विद्यालयमा विद्यालय हरित क्षेत्र अभियान चलाइने जानकारी दिए ।
प्रतिक्रिया 4